International

भानुभक्तको रामायण,श्रीरामको जीवन वर्णन

आदिकवि भानुभक्त आचार्य नेपाली साहित्य जगत्‌मा एक भानुभक्तको रामायण सुपरिचित नाम हो । बाजेबाट शिक्षा-दीक्षा पाएका भानुभक्तले घाँसीबाट प्रेरणा पाएर रामायणको रचना गरे । अनेक फुटकर कविता र खण्डकाव्यात्मक प्रश्नोत्तरी भक्तमाला, रामगीता, वधुशिक्षा पनि लेखे। हाम्रो भारतवर्ष असाम्प्रदायिक देश भएकाले हाम्रो देशमा अनेको धर्महरू छन् । त्यस्तै प्रकारले देवी-देवता कुल धर्म, पितृपूजा भारतभूमिमा अरू देशमा भन्दा अझ बसी प्रचलित छ। सबै ईश्वरनिष्टहरूका आ-आफ्नो धर्मग्रन्थ हुन्छ । जस्तै हिन्दूको रामायण, महाभारत, गीता, वेद, पुराण बौद्धको त्रिपिटक सिखहरूको ग्रन्थसाहब आदि रामायण संस्कृत भाषामा लिखित प्राचीनकालको एउटा आदर्शबाद महाकाव्य हो। रामायण महाकाव्यमा श्रीरामको जीवन वर्णन गरिएका छ।

संस्कृति रामायणमा सातकाण्ड तथा ४ हजार श्लोक छन् औ संस्कृत रामायण थुप्रै भारतीय भाषाहरूमा पनि अनुवाद भएको छ। रामायण सम्भाव्य तेस्रो शताब्दीमा लेखिएको अनुमान गरिएका छ रामायण अनुसार राम, राजा दशरथका ज्येष्ठ पुत्र औ अयोध्याका राजकुमार थिए जो भगवान् विष्णुको सातौ अवतार हुन् भन्न हिन्दूहरूको विश्वास छ। रामकी पत्नी सीता मिथिला जनकपुरका राजा जनककी पुत्री थिइन् । यस्ता सर्वगुणसम्पन्न जोड़ी सीता राम हाम्रा नेपाली समाजमा भगवान् र भगवतीको रूपमा मान्य छन् । नेपाली समाजमा कसै-कसैले मात्र संस्कृत बुझ्दथे औ अरुमा त्यसको ज्ञान थिएन। नेपाली भाषीहरूमा पनि राम र सीताको विषयमा ज्ञान हुनु अनिवार्य छ भने भावना कवि भानुभक्तको हृदयमा जाग्यो। कुनै दिन एउटा दरिद्र घाँसीसितको भेट २ वार्तालापपश्चात् उनले बाँचुन्जेल यस संसारमा सत्कर्म गर्ने निश्चय गरे र प्रत्येक विधार्थीको मुख-मुखमा झुण्ड्याइदिने कविता रचे।


“भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो ।
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।“


भानुभक्तले यसपछी संस्कृतका रामायणको अप्ठ्यारो जटिल भाषालाई सरल र सरस नेपाली भाषामा लेखिदिई रामसीतालाई चिनाइदिए। भानुभक्तले आफ्नो रामायण मुख्य गरी शार्दूलविक्रीडित छन्दमा लेखेका छन् । भानुभक्तलाई आदिकवि भनेर मानिन्छ । उनी पूर्व धेरै कविहरू भएका भए पनि शुद्ध, सरल र मीठो नेपाली भाषा प्रयोग गरेर कवितामा सबैलाई मुग्ध गर्न कवि भानुभक्त नै हुन् । त्यसैले कवि भानुभक्तलाई हामी आदिकवि भन्दछौं। भानुभक्तीय सातकाण्ड रामायणको प्रथम काण्ड बालकाण्डमा जम्मा पाँच सय छप्पन्न श्लोकहरू छन्। यी जम्मै नै शार्दूलविक्रीडित छन्दमा लेखिएका छन् । दुइ सय साठीदेखि दुइ सय चौंसठीसम्म यो चार श्लोक मात्र इन्द्रबजा छन्दमा छन् । बालकाण्डका प्रथम दुइ श्लोक सम्पूर्ण नेपालीमा मुख मुखमा झुण्डिएका श्लोक हुन्:


एक् दिन नारद सत्यलोक् पुगिगया लोक्को गरुँ हित् भनी । ब्रह्मा ताहिँ थिया पन्या चरणमा खुशी गराया पनि ।“

नारद ब्रह्मा भए कहाँ सत्यलोक पुगेका ब्रह्माले नारदलाई के सोध्छौ भने प्रश्न गरेका नारदले कलियुगमा अधर्म, पाप, दुराचार बढेर मानिसहरू नास्तिक पशु बन्दा के गर्नाले मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने प्रश्न राख्दा चौबीस श्लोकदेखि बियानब्बे श्लोकसम्म ब्रह्माले रामायणको महिमा र माहात्म्य नारदलाई सुनाएका छन् । यसको तिरानब्बे श्लोकदेखि अन्तिम श्लोकसम्म अथवा पाँच सय छप्पन्न श्लोकसम्म पार्वतीले आफ्ना पति शिवलाई रामकथा सुनाउने आग्रह गर्दा शिवले पार्वतीलाई दुइ भागमा रामकथा सविस्तार सुनाएका छन् । राजा दशरथ र उनका तीनवटा रानी कौशल्या, कैकेयी र सुमित्राबा चार छोराहरूको जन्मकथा, महर्षि वशिष्ठद्वारा नामकरण, विश्वमित्र ऋषिद्वारा राम र लक्ष्मणलाई उनका आश्रममा लगेर शिक्षादान त्यही आश्रममा रहँदा सुवाहु, ताड़का, मारिहरूका संहारका कथा, गौतकी स्त्रीलाई शिलाको रूपबाट उद्धार गरिएको कथा गंगापारि जनकपुर गएर राजा जनकको पुरानो धनु उचालेर ताँदो चढ़ाउँदा भाँची सीतासित रामको विवाह साथै अन्य तीन भाइहरूको पनि विवाह भएको कथा अनि अयोध्या फर्केर गएको वृत्तान्त छ। चढाउँदा भाँची सीतासित रामको विवाह साथै अन्य तीन भाइहरूको पनि विवाह भएको कथा अनि अयोध्या फर्केर गएको वृत्तान्त छ । रामायणको महिमा गाउँदै ब्रह्मा भन्छन् । “हे नारद! सब पाप हर्नाकन ता रामायणैले सरी ।

अर्को मुख्य उपाय छैन सबको हित यै छ अम्रित सरी ।
जसले ज्ञानकन गर्दछन् त कि सहज संसार पार तर्दछन् ।
कालैको पनि ताप हुँदैन भय सब तिनका सहज तर्दछन ।
जो एक चित्त गरेर पाठ खुसि भै गर्छन् सदा यै भन्या ।
जीवनमुक्त तिनै त हुन नर भई ईश्वर सरीका बन्या
।”


भानुभक्तीय रामायणमा भानुभक्तले यस्ता कालजयी श्लोकहरू रचना गरेका छन्। सरल भाषा सुन्दर शैली एवं सर्वसधारणको निम्ति लयात्मक छन्दको प्रयोगद्वारा तत्त्वज्ञान, आत्मज्ञान र जीवन दर्शनलाई अभिव्यक्ति दिएका छन्। भानुभक्तले जसरी पूर्वबाट सूर्य उदाउँदा संसार उज्यालो बन्छ त्यसरी नै नेपाली संसारमा भानु उदाएर नेपाली भाषा, साहित्य र समाजलाई झलमल्ल पारेका छन्। नेपालीमा रामायणको रचना गर्नुको उद्देश्य पनि जातिको विकास गर्नु थियो। आज नेपाली भाषा सहित्यको जुन उत्तरोत्तर उन्नति भइरहेको छ त्यसको मुख्य श्रेय भानुभक्तलाई जान्छ । आफू अस्त भएर गए तापनि जगत्लाई आफ्नो प्रकाश दिइरहेका छन्। यसैले उनी हामीमाझ विद्यमान छन्। स्व. पुष्करशमशेरको भनाइअनुसार भानुभक्तले थुनुवा भएको अवस्थामा रामायण र मृत्युशय्यामा रामगीता अनुवाद नगरेको भए अनि मोतीरामले भानुभक्तको जीवनी लेखिसक्दो प्रशंसा गरेर उनको रामायण प्रचार नगरिदिएको भए सम्भव थियो हाम्रो भाव आज हिन्दीमा प्रकट हुन्थ्यो अनि जातीय गौरव लुप्त हुने थियो। मीठो भाषा शैली, सुन्दर छन्द, अलङ्कार जातीय भावरसले भरिएको भानुभक्तीय नै रामायण अनुवादमात्र नभई अति मौलिककाव्य बनेको छ।

रामायणकै कारण आधुनिक नेपाली कविता र अन्य साहित्य लेखनको आरम्भ भयो भन्दा अत्युक्ति हुने छैन । यसैले आज भानु जंयतीको शुभअवसरमा आदि कवि भानुभक्तलाई स्मरण गर्दै हामी सम्पूर्ण नेपाली भाषीको तर्फबाट भानुभक्तको रामायण उनलाई कोटी कोटी प्रणाम।

Also Read- Understanding B2B Marketing

Lubina Kritika

Recent Posts

NSE Moves Closer to IPO, Approves Coal Exchange Plan

The NSE Board has taken key decisions related to its future plans. As part of…

1 month ago

NSE MD & CEO Welcomes Union Budget 2026–27 for Balancing Growth, Fiscal Discipline and Future-Ready Reforms

The Managing Director and Chief Executive Officer of the National Stock Exchange of India (NSE),…

1 month ago

Air Marshal Devendra P Hirani Takes Over as Senior Air Staff Officer, Eastern Air Command

Air Marshal Devendra P Hirani assumed charge as the Senior Air Staff Officer (SASO) at…

1 month ago

Air Marshal Inderpal Singh Walia Takes Over as AOC-in-C, Eastern Air Command

Air Marshal Inderpal Singh Walia assumed charge as the Air Officer Commanding-in-Chief (AOC-in-C) of the…

1 month ago

Authorities Flag Ecological Risk as Illegal Magur Fish Movement Detected in East Sikkim

The Fisheries Department, Pakyong District has stepped up monitoring and field action after detecting repeated…

1 month ago

4000 electric buses, Buddhist circuits to be developed across six North-Eastern states

In Budget 2026, Finance Minister Nirmala Sitharaman unveiled a focused push to position the North-East…

1 month ago