Asar Pandhra’ celebration
‘असारको पन्ध्र’ आज देशभर खेतमा रोपाइँ गरी दहीचिउरा खाएर मनाइँदैछ । ‘असारको पन्ध्र दहीचिउरा खानू, साउनको पन्ध्र खीर’ भन्ने लोकोक्ति प्रख्यात छ । आज रोपाइँ गरी दही–चिउरा खानाले गति परिने विश्वासमा खेतीपाती नहुनेहरू पनि अरूको खेतमा वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छ्यापाछाप गरेर रमाइलो गर्छन् ।
असारको समयमा किसान अति व्यस्त हुने र खेतको पानी सकिएमा वर्ष दिन खाने बाली लगाउन नपाइने हुँदा धानको बीउ रोप्नेजस्तो व्यस्त समयमा घरमा मानिस मरे पनि घुमले छोपेर काममा जानुपर्छ भन्ने किंवदन्ती छ । बोलीचालीको भाषामा आफ्नो व्यस्तता दर्शाउन पनि ‘मलाई अहिले असारको पन्ध छ’ भन्ने गरिन्छ ।
रोपाइँ गर्दा आफ्ना दुःख, पीर तथा जीवनका घटनालाई गीतका रूपमा असारे गीत गाउने पनि गरिन्छ । यसै अवसरमा केही समुदायमा असारे गीतमा जुहारी खेल्ने पनि गरिन्छ ।कति लाभदायी छ दही चिउराचिउरा कार्बोहाइड्रेडको स्रोत हो । दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ । यही कारण धेरै काम गर्ने दिन अर्थात असार १५ मा दहीचिउरा खाने प्रचलन चलेको हुनुपर्छ । असार १५ मा गर्मी पनि बढेको हुन्छ । गर्मीमा धान रोप्दा पसिनाको माध्यमबाट जाने पानीलाई समेत यसले परिपूर्ति गर्ने भएकाले दहीचिउरा खाने चलन बसाएको हुनुपर्छ हाम्रा पुर्खाहरुले ।
दहीचिउरा चाँडो तयार पार्न सकिने मिठो र पोषिलो खाजा भएकाले पनि कामको चाप भएका बेलाको खाना वा खाजाका रुपमा यसलाई रोजिएको हुनुपर्छ । दहीचिउरा खान असार १५ लाई नै कुर्नुपर्छ भन्ने छैन् । अरुबेला पनि दहीचिउरा खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ । यो जुनसुकै उमेर समूहले पनि खान सक्छौं । जुन बेला पनि खान सकिन्छ ।दूध फाटेर बन्ने दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन पाइन्छ । यसमा शरीरमा फाइदा गर्ने गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया समेत हुन्छ । चिउरामा भने कार्बोहाइड्रेड, आइरन र प्रोटिन पाइन्छ । हिजोआज चिनी हालेर गुलियो बनाएर दही खाने चलन छ । चिनी हाल्नुभन्दा सिजन अनुसारका फलफूल केरा, आँप आदि मिसाएर खाँदा उपयुक्त हुन्छ । यसरी खाँदा हामीले थप भिटामिन र खनिज पदार्थ पनि पाउन सक्छौं । यदि गुलियो बनाएर खाने हो भने पनि प्रकृतिक गुलियो सखर, खुदो मिसाइयो भने स्वास्थ्यका लागि लाभदायी हुन्छ ।
हाम्रा विभिन्न पारम्परिक अचार अथवा तरकारीसँग दहीचिउरा खादा अझ पूरक र पोषिलो हुन्छ । मधुमेह भएका बिरामीहरुले चिनी मिसाएको दही खानु हुँदैन । दैनिक खानामा एक कचौरा दही खाँदा स्वास्थ्यका हिसाबले राम्रो मान्न सकिन्छ ।दहीका फाइदा– दहीले मांशपेसी र हाड बलियो बनाउन मद्दत गर्छ ।– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।– दही बनाउने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहयोग पुग्छ ।– दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइन्छ ।चिउराका फाइदा– चिउरा पकाउनु नपर्ने भएकाले हामीले जुनसुकै परिकारका साथ खान सकिन्छ ।– प्रशस्त कार्बोहाइड्रेड भएकाले काम गर्न शक्ति प्रदान गर्छ ।– फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा बढी हुन्छ ।
Also Read Asar Pandhra’celebrated with at the paddy field of Chota Singtam, East Sikkim
The NSE Board has taken key decisions related to its future plans. As part of…
The Managing Director and Chief Executive Officer of the National Stock Exchange of India (NSE),…
Air Marshal Devendra P Hirani assumed charge as the Senior Air Staff Officer (SASO) at…
Air Marshal Inderpal Singh Walia assumed charge as the Air Officer Commanding-in-Chief (AOC-in-C) of the…
The Fisheries Department, Pakyong District has stepped up monitoring and field action after detecting repeated…
In Budget 2026, Finance Minister Nirmala Sitharaman unveiled a focused push to position the North-East…