" भारतीय गोरखा परिसंघको अध्यक्ष पदमा मुनिष तामाङ"
कोक्राझार, ४ सेप्टेम्बर :
भारतीय गोर्खा परिसंघको ३ दिने छैटौं त्रैवार्षिक सेप्टेम्बर ४ मा असमको कोक्राझारमा आठ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । समापनको खुल्ला सत्रमा बोडोल्याण्ड टेट्रिटोरियल काउन्सिलका प्रमुख श्री प्रमोद बोरो प्रमुख अतिथिको रूपमा उपस्थित थिए। तीन दिने महाधिवेशनमा देशभरका २३७ प्रतिनिधि साथै ७० पर्यवेक्षक सहित ३० जन निमन्त्रित सदस्य र देश भरिकै सहियोगिय संस्था सदस्य सहभागी थिए । नयाँ केन्द्रीय समितिमा दिल्लीका डा मुनीश तामाङलाई राष्ट्रिय अध्यक्ष, आसमबाट उच्च अदालतका वरिष्ठ वकिल नित्यानन्द उपाध्याय कार्यकारी अध्यक्ष र सिलगढीका श्री अभय खालिङलाई महासचिवमा चयन गरिएको छ। यस सत्रमा गोरखा गौरव सम्मान पनि प्रदान गरियो । बमप भनेर चिनिने खरसाङका श्री बुद्धिमान प्रधान २०२० को लागि अनि २०२१ को लागि परिसंघका पूर्व अध्यक्ष श्री सुखमान मोक्तानलाई गोर्खा गौरव प्रदान गरियो। श्री मोक्तानलाई उनको उत्कृष्टताका लागि संगठन पुरुषको उपाधि दिइयो । ५० वर्षको अवधिमा सामुदायिक सेवामा विभिन्न संघसंस्थाको विकासमा उनले योगदान पुर्याएको छ ।
महाधिवेशनको समापनमा परिसंघले आठ बुँदे घोषणा पारित गरेको छ, जसको प्रतिलिपि यस प्रकार छ ।
भागोप कोक्राझार घोषणापत्र २०२२
भारतीय गोरखा परिसंघको ४ सेप्टेम्बर २०२२ मा कोक्राझार बिटीआर असममा भएको छैठौं त्रिवार्षिक अधिवेशनमा पारित
१) भारतीय गोर्खा परिसंघले गोर्खाल्याण्ड राज्य निर्माणको मांग प्रति आफ्नो प्रतिबद्धता पुन: जनाउँदछ र भारत सरकारलाई गोर्खाहरूको दीर्घकालीन संवैधानिक मांग पूरा गर्ने आग्रह गर्दछ।
२) भारतका सबै राज्यहरूमा गोर्खाको संवैधानिक, राजनैतिक, अनि कानुनी हक प्राप्तिको निम्ति कार्य गर्न प्रतिबद्ध छ।
३) भारतीय गोर्खा परिसंघले गोर्खाहरूका छोडिएका जातिलाई चांडै अनुसूचित जनजातिमा सम्मिलित गर्ने भारत सरकारसंग मांग गर्दछ।
४) भारतीय गोर्खा परिसंघ माननीय हिमन्त बिस्व शर्माको नेतृत्वमा रहेको असम सरकार र माननीय CEM श्री. प्रमोद बोरोको नेतृत्वमा रहेको BTR को गोर्खाहरूप्रति सद्भावको निम्ति धन्यवाद प्रकट गर्दछ।
बेल्ट र ब्लकहरूमा protected class को दर्जा प्रदान गरेकोमा धन्यवाद दिंदै सोही protected class VGR, PGR, Forest land इत्यादि क्षेत्रमा पनि गोर्खालाई प्रदान गर्ने मांग गर्दछ।
५) भारतीय गोर्खा परिसंघले आसाम राज्यमा गोर्खा स्वायत्त परिषद्को मागलाई समर्थन गर्दछ।
६) भारतीय गोरखा परिसंघले गोर्खा समुदायबाट परिषद्को निर्वाचित सदस्य बन्ने अवसर सिर्जना गर्न स्वायत्त क्षेत्रको प्रशासनलाई आह्वान गरेको छ। समुदायका लागि विशिष्ट निर्वाचन क्षेत्रहरू सिर्जना गरियोस्।
७) गोर्खा समुदायका सदस्यहरूलाई राज्यसभा र विभिन्न संवैधानिक पदमा मनोनयन गर्न भारतीय गोरखा परिसंघले भारत सरकारलाई आग्रह गर्दछ।
८) भारतका सबै गोर्खा संगठनहरूसँग ऐक्यबद्धतामा काम गर्न भारतीय गोर्खा परिसंघ प्रतिबद्ध छ।
The Kingdom of Bhutan successfully concluded the first edition of the Bhutan Butterfly Meet, organized…
Even while contending with significant, politically-driven tariffs of up to 50% from the United States,…
Chief Minister Prem Singh Tamang (Golay) personally responded to a distress call made through the…
Hamas today afternoon confirmed that four hostages have already died, including Nepal’s Bipin Joshi. Bipin,…
Shri Tuhin Kanta Pandey, Chairman, SEBI, launched World Investor Week (WIW) 2025 at NSE, Mumbai…
The Government of Sikkim has approved an increase in Dearness Allowance (DA) and Dearness Relief…