भाषा बाँच्छ प्रयोगमा, प्रयोग गर्छ वक्ताले। वक्ता ऊ हो जसले भाषाद्वारा आफ्नो मनको कुरा व्यक्त गर्छ। व्यक्त गरिएको कुरा सुन्ने व्यक्तिलाई श्रोता भनिन्छ। भाषा प्रयोग दुई किसिमले गरिन्छ- बोलेर र लेखेर। बोलेर व्यक्त गरिने भाषालाई ‘कथ्य भाषा’ भनिन्छ, लेखेर व्यक्त गरिने भाषालाई ‘लेख्य भाषा’ भनिन्छ।
भाषाकै कारणले मान्छे विचारशील र विवेकशील प्राणी मानिन्छ। यही भाषाद्वारा उसले सोच्छ, कल्पना गर्छ, हाँस्छ। भोक लाग्नु, जाडो लाग्नु, निद्रा लाग्नु, घुम्न मन लाग्नु, माया लाग्नु जस्ता विभिन्न भाव र इच्छाहरूलाई उसले भाषाद्वारा व्यक्त गर्छ। तर यो भाषा मान्छेको सभ्यतासित धेरै पछि आएर विकास भएको देखिन्छ। सुरु सुरुमा मान्छेले आफ्ना मनका भावहरू हातको इसाराले, सङ्केतद्वारा प्रकट गर्दथे। यस्ता माध्यमलाई सङ्केत भाषाको रूपमा मानव समाजमा बाँचेको देखिन्छ। समयको गतिसितै मान्छेले लिपिको विकास गरे र ती लिपिहरू चित्रात्मक हुन्थे। मानव समाजमा यसरी सभ्यताको विकाससितै भाषाको जन्म भएको पाइन्छ।
भाषाको विकास सामाजिक प्रक्रियाबाट हुन्छ। अर्थात् समाजमा जति यसको प्रयोग हुन्छ उति भाषा विकसित बन्दै जान्छlmnm र भाषा समाजमा बाँच्छ। यही भाषा आज मान्छेको महत्त्वपूर्ण परिचय पनि बनेको छ।
21औँ शताब्दीका मानिसहरूले गर्ने भाषा प्रयोगमाथि ठुलो हस्तक्षेप डिजिटल वर्ल्डले गर्दै आएको देखिन्छ। यसबाट सर्वाधिक प्रभावित छ आजको युवा पिँढी र विद्यार्थी नानीहरू। सामाजिक सञ्जालले आज युवा पिँढीलाई आफ्नो मातृभाषा प्रयोगमा ठुलो वाधा पुर्याउने साधन बनेको छ इमोजी (Emoji)। इमोजीका विभिन्न सङ्केत र रूपहरूले प्रयोगकर्तालाई भाषा प्रयोग गर्नमा वाधा पुर्याएर पुनः उहिलेको प्रस्तर युगमा पुर्याएको छ। यसप्रति ध्यान कसैको गएको देखिँदैन। खुसी हुँदा व्यक्त गरिने शब्द लेखिएको हुँदैन अघि नै इमोजीका हँसिलो अनुहारको नक्सा आइहाल्छ। कुरा सही हो भनेर लेख्न मन लाग्दा औँलाको थम्स अपको नक्सा आइहाल्छ।
मानव संवेदना र भावनाका विभिन्न तरङ्गहरूलाई इमोजीले सञ्चालन र नियन्त्रण गरिरहेको यस सङ्कटमय स्थितिमा विशेषतः विद्यार्थीहरू सचेत हुन पर्नेछ। मानव सभ्यताको सुन्दरतम सिर्जना र उपलब्धि भनेको नै भाषा हो। नेपाली भाषालाई आजको डिजिटल वर्ल्डले हामीदेखि टाढा लगिरहेको छ भन्ने कुरा बुझेर यसमाथि गहन चिन्ता गर्नपर्ने समय आएको छ।
मातृभाषा बाँचे हामी बाँच्छौँ, हामी बाँचे यो समाज बाँच्छ, समाज बाँचे भाषा पनि बाँच्छ। भोलिको दिन हामीसित मातृभाषा नै नरहे भाषाविहीन समाज कस्तो हुन्छ त्यसको कल्पना पनि गर्न सकिँदैन। भाषाबिनाको मान्छे बाँचेर पनि के गर्ने, त्यसको कुनै औचित्य र उद्देश्य हुँदैन।
इमोजीले मान्छेलाई सङ्केतहरूको इसारामा नै निर्भरशील बनाइराखे, हामीदेखि नेपाली भाषा त्यसै हराएर जानेछ, हाम्रो मातृभाषा हामीले प्रयोग नगरे अरू कसैले गर्ने छैन। भाषालाई प्रेम गरौँ, यसको मर्म बुझौँ र सधैँ नेपाली भाषा नै प्रयोग गरौँ।
डा. कविता लामा
सिक्किम विश्वविद्यालय
The NSE Board has taken key decisions related to its future plans. As part of…
The Managing Director and Chief Executive Officer of the National Stock Exchange of India (NSE),…
Air Marshal Devendra P Hirani assumed charge as the Senior Air Staff Officer (SASO) at…
Air Marshal Inderpal Singh Walia assumed charge as the Air Officer Commanding-in-Chief (AOC-in-C) of the…
The Fisheries Department, Pakyong District has stepped up monitoring and field action after detecting repeated…
In Budget 2026, Finance Minister Nirmala Sitharaman unveiled a focused push to position the North-East…